शुक्रबार सुनुवाई हुँदै प्रचण्ड विरूद्धको मुद्दा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको शुक्रबार सुनुवाई हुँदैछ ।
बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण भएको थिएन ।