आफुसँगै जेल बसेकालाई राष्ट्रपति पौडेलको शपथ ग्रहणमा निम्तो
राष्ट्रपति रामचन्द्र पौडेलले आफूसँगै जेलमा बसेकाहरु इन्दु शर्मा, गोविन्द कँडेल, रघुपति शर्मा र डिल प्रसाद सापकोटालाई शपथग्रहण समारोहमा बोलाएका छन् ।
सापकोटा बाजे भनेर चिनिने डिलप्रसादले पौडेल बागलुङ जेलमा बस्दा दूध पुर्याएर सहयोग गरेका थिए । बागलुङमा बस्दै आएका डिलप्रसादलाई पनि पौडेलले शपथ ग्रहण समारोहमा सहभागी हुन भन्दै काठमाडौं बोलाएको उनको सचिवालयले जनाएको छ ।