यूएईविरुद्ध नेपालको २०० रन पूरा
आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध २०० रन पूरा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर सकिँदा २०० रन बनाएको हो । नेपालका लागि अहिले दिपेन्द्र सिंह ऐरी र गलशन झा क्रिजमा छन् ।
नेपालका रोहित कुमार पौडेल ७७ रनको अर्धशतकीय पारी खेलेर आउट भए । त्यस्तै आरिफ शेख ४३ रन बनाएर आउट भए ।