उपराष्ट्रपतिमा रास्वपाले जनमतलाई मत दिने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपतिको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई भोट दिने भएको छ ।
उपराष्ट्रपतिको निर्वाचनको मतदान जारी रहेका बेला रास्वपाले झालाई मत दिने जनाएको हाे । रास्वपाका एक सांसदकाअनुसार ममता झालाई मत दिन संसदीय दलका नेता डोलप्रसाद अर्यालले सांसदलाई सर्कुलर गरेका छन् । उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव, एमालेका अष्ठलक्ष्मी शाक्य र जनमतबाट झा प्रतिस्पर्धामा छन् ।
यादवले मत माग्दा रास्वपाले पुरुष उम्मेदवारलाई मत नदिने जवाफ दिएको थियो ।