धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु
धनुषामा मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । सोमबार राति करिब १० बजेकोको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका १० लालगढमा भएको दुर्घटनामा धनुषाको बटेश्वर गाउँपालिका–१ विजयपुर बस्ने ४० वर्षीय विनोद महतो र एक जना मागी खाएर हिँड्ने अन्दाजी ५५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरी जनाएको हो ।