भण्डारीलाई बिदाइ गर्दै राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सम्पन्न
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह सम्पन्न भएको छ । शीतलनिवासमा आयोजित समारोहमा कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पौडेललाई शपथ खुवाएका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए ।
राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिदाइ गरिएको छ।