‘नाईं नभन्नू ल ६’ को टिजर सार्वजनिक
नयाँ वर्ष अर्थात् अगामी १ वैशाखबाट प्रदर्शनमा आउने फिल्म ‘नाईं नभन्नू ल ६’ ले टिजर सार्वजनिक गरेको छ ।
१ मिनेट २५ सेकेन्डको टिजरमा प्रेम प्राप्तिका लागि हुने लडाइँ समेटिएको छ । टिजरमा आशिर्वाद बी क्षेत्रीलाई दुई फरक अवस्थामा चित्रण गरिएको छ । एउटा पाटोमा उनी रोमान्टिक अवतारमा देखिएका छन् भने अर्को पाटोमा एक्सनमा देखिएका छन् । अभिनेत्री आँचल शर्माको प्रेम पाउन उनले गरेको संघर्षपूर्ण लडाइँलाई टिजरमा प्राथमिकता दिइएको छ ।
टिजरमा प्रियंका कार्की, केकी अधिकारी, बालकलाकार अर्थव उप्रेती पनि छन् ।