मलको अन्तर्राष्ट्रिय मूल्य घट्दा दुई अर्ब फाइदा
मलको अन्तर्राष्ट्रिय मूल्य घट्दा कृषि सामग्री कम्पनीलाई दुई अर्ब ४३ करोड फाइदा भएको छ । सरकारले मलका लागि १५ अर्ब बजेट विनियोजन गरेकोमा १० अर्ब ५० करोड बराबरको मल आयात भइसकेको छ ।
यस्तै पछि मल ल्याउन १६ अर्ब बजेट थप गरिएको थियो । सोही बजेटबाट ११ अर्ब २० करोडको मल आयात हुँदैछ । अन्तरराष्ट्रिय मूल्य घट्दा छुट्याइएको दुई चरणको रकमबाट दुई अर्ब ४३ करोड फाइदा भएको कम्पनीले जनाएको छ। सोही बजेटबाट कम्पनीले एक लाख २५ हजार मल ल्याउनु पर्नेमा बुधबार वीरगन्ज नाकाबाट ३० हजार मेट्रिक टन युरिया भित्रिई सकेको तथा विहीबार २० हजार मेट्रिक टन डिएपी मल भित्रिएको कृषि सामग्री कम्पनीका प्रमुखले बताए ।