नेपालको पहिलो विकेट ११० रन बनाउँदागयो, अर्धशतक बनाउन बाट चुके कुशल
विश्वकप लिग टू अन्तर्गत अन्तिम शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले ११० रन बनाउँदा पहिलो विकेट गुमाएको छ ।
१८.४ ओभरमा रिले हेकुरेको बलमा टोनी उराबाट क्याच आउट हुनुअघि ओपनर कुशल भुर्तेल ४५ रन बनाएर आउट भएका छन् ।
योसँगै नेपालले ११० रनको सुरुवाती साझेदारी पनि तोडिएको छ । आउट हुनुअघि उनले ५६ बलमा ६ चौकाको मद्दतमा ४५ रन बनाए ।
उनी आउट हुँदा अर्का ओपनर आसिफ शेख भने ६१ रनमा खेलिरहेका छन् ।