किसान महासङ्घले गर्यो मिटरब्याजी विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता
अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मिटरब्याजी विरुद्धको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ ।
महासङ्घले आज एक विज्ञप्ति जारी गरी तराईबाट ११ दिन पैदल हिँडेर काठमाडौँमा आन्दोलन गरिरहेका मिटरब्याजीप्रति ऐक्यबद्धता जनाएको हो । किसान महासङ्घले मिटर ब्याज कारोबारीलाई गैर कानुनी घोषणा गर्न माग गरेको छ । साँवा रकम बराबर ऋण भुक्तान गरेका सबै ऋणीको ऋण पूर्ण रूपमा मिनाहा गर्न माग गर्दै उनीहरूको ऋणको लिखत कागजलाई अवैधानिक घोषणा गरी बदर गर्न समेत महासङ्घको माग छ ।