इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु
भारतमा पाँच कामदारको मृत्यु भएको खबर छ । छत्तिसगढको महासमुन्द जिल्लामा एउटा इट्टा भट्टामा काम गर्ने पाँच जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले बताएको छ ।
स्थानीय प्रहरीका अनुसार उनीहरूको निसास्सिएका कारण मृत्यु भएको हो । यसबारे थप जानकारी आउन बाँकी छ ।