एमालेले सरकार छाडेपछि १६ मन्त्रालय प्रचण्डले एक्लै समाल्दै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबा नेकपा एमालेले पनि समर्थन फिर्ता लिएको छ। प्रधानमन्त्री प्रचण्डलाई एमालेले मन्त्रीहरूले आजै राजीनामा बुझाउँदै छन्। प्रचण्ड सरकारमा एमालेबाट उपप्रधानमन्त्रीसहित ८ जना मन्त्री थिए।
गत पुस १० को सहमतिअनुसार सरकारमा सामेल भएका दलहरूले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले अब १६ मन्त्रालयको जिम्मेवारी लिनुपर्ने भएको छ।