बाराको जीतपुर सिटी मार्केटमा आगलागी
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरस्थित सिटी मार्केटमा आगलागी भएको छ ।
आगलागीबाट ६ वटा पसल पूर्णरुपमा जलेर नष्ट भएका छन् । लाखौंको क्षति भएको अनुमान छ ।
आगलागीबाट हजारी साह र विवेक चौधरीले संचालन गरेको कपडा पसल जल्दा पाँच/पाँच लाख, मोहम्मद सुबराति र अनिल साहले संचालन गरेको कपडा पसलमा क्रमश: २० लाख र १७ लाख, मुनुलालप्रसाद रौनियारले संचालन गरेको हरिओम ट्रेडर्समा २० लाख र अन्जनीप्रसाद चौरसियाले संचालन गरेको पसलमा पाँच लाखको क्षति भएको प्रारम्भिक अनुमान छ ।
मार्केटमा अनिल साहले संचालन गरेको कपडा पसलबाट आगलागी सुरु भएको थियो । विधुत सर्ट भएर आगलागी भएको हुन् सक्ने अनुमान गरिएको छ । आगो किन र कसरी लाग्यो ? भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।