त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक निलम्बनमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन् । निलम्बनसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेको छ ।
मन्त्रालयले गैरकानुनी लाभ लिने उद्देश्यले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग ठाकुरले कुराकानी गरेको पाइएपछि निलम्बन गरेको हो ।
‘नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न माननीय मन्त्री स्तरीय निर्णयअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई लेखी पठाइएको छ’, मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।