काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने
काठमाडौं उपत्यकामा प्रति घन्टा ५० किलोमिटर भन्दा बढीको स्पीडमा गाडी गुडाउन नपाइने भएको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रण सम्बन्धी व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रयाकमा ५० किलोमिटर र सर्भिस ट्रयाकमा २० किलोमिटर गति तोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।