उपनिर्वाचनको तयारीमा उपेन्द्र यादव
बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपनिर्वाचनमा उम्मेदवार हुने तयारीमा छन् । उनी गत मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए ।
उनी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग पराजित भएका थिए । बारा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित जसपा नेपालका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर अध्यक्ष यादवले सो क्षेत्रबाट उपनिर्वाचनमा आफू उम्मेदवार बन्ने तयारी गरेको स्रोत बताउँछ ।