प्रतिलिटर १० रुपैयाँले दूधको मूल्य बढाउने तयारी
सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले महँगीलाई कारण देखाउँदै दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउने प्रस्ताव कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा गरेसँगै सरकारले मूल्य बढाउने तयारी गरेको हो ।