दुर्गा प्रसाईँले गरे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ
नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने महाअभियान’ को शुभारम्भ गरेका छन् । सोमबार झापामा आयोजित एक समारोहका बीच प्रसाईँले अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानका लागि भन्दै उनले प्रधानमन्त्री प्रचण्डसहित, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका नेताहरूलाई निमन्त्रणा गरेका थिए । यस्तै पूर्वराजपरिवारका सदस्यहरुलाई पनि उनले निमन्त्रणा दिएका थिए ।
सो कार्यक्रममा दलका शीर्ष नेताहरूको उपस्थिति नदेखिएपनि पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वयुवराज पारस शाह, पूर्वअधिराजकुमारी पे्ररणा शाहसहितका राजपरिवारका सदस्यहरूको सहभागिता रहेको छ ।
प्रसाईँले आफूले सुरु गरेको महाअभियान पार्टी भन्दा माथि देशको रक्षाका लागि भएको दाबी गरेका छन् ।