नेपाल चिकित्सक संघ पूर्वघोषित आन्दोलन फिर्ता लिन सहमत
शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकमाथि सुरक्षाकर्मीले हातपात गरेको विरोधमा आज आकस्मिकबाहेक अस्पतालको सेवा सबै ठप्प पार्ने भनि पूर्वघोषित गरिएको नेपाल चिकित्सक संघको आन्दोलन फिर्ता लिन सहमत भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमाति भएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
यसबारे केहीबेरमै औपचारिक जानकारी दिइने मन्त्रालयको भनाइ छ ।