वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको संख्या ५० प्रतिशतले घट्यो
कतार विश्वकप फुटबलपछि वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्यामा निकै गिरावट आएको छ । विश्वकप अगाडि जुन चापमा नेपालीहरू गइरहेका थिए । अहिले भने त्यो तुलनामा ५० प्रतिशतले कमी आएको छ । विगतको तुलनामा अहिले कतारका लागि श्रम स्वीकृति लिनेको संख्या ५० प्रतिशतले घटेको हो ।