कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु
कालिकोटमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । तिलागुफा नगरपालिका-५ को धनडामा बुधबार राति मुगुदेखि सुर्खेततिर जाँदै गरेको कर्णाली प्रदेश ०२ - ०००१ ख ०३५६ नम्बरको ट्रक दुर्घटना भएको हो ।
ट्रक दुर्घटना हुँदा दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ घर भएका ट्रक चालक छविप्रसाद चौलागाईंको मृत्यु भएको हो । सहचालक दिनेश शाही गम्भीर घाइते भएका छन् ।