जनमतले माग्यो पार्टी कार्यालयका लागि कर्मचारी
जनमत पार्टीले आफ्नो पार्टी कार्यालयका लागि विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आव्हान गरेको छ ।
जसपाले काठमाडौँसहित विभिन्न जिल्लाका लागि २५ जना कम्प्युटर अपरेटर माग गरेको छ । केन्द्रीय कार्यालयदेखि जिल्ला कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि विज्ञापन निकालेको सो पार्टीका उपाध्यक्ष दीपक साहले बताए । काठमाडौँका लागि चार जना अनुसन्धानकर्ता, कन्टेन्ट राइटर (लेखक) दुई जना, काठमाडौँका लागि प्रोग्रामर, एप डेभलपर दुई जना माग गरेको छ ।
जनमत पार्टी आम चुनावमा भाग लिँदा १० लाखलाई रोजगारी दिलाउने घोषणा गरेको थियो । रोजगारी सृजना गर्नका लागि जनमत पार्टी प्रयासरत छ ।