तुलनात्मक रुपमा वैदेशिक सहायता र ऋण घट्यो
चालू आर्थिक वर्षको ६ महिनासम्मको अवधिमा प्रतिबद्धताको तुलनामा न्यून वैदेशिक सहायता र वैदेशिक ऋण प्राप्त भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
चालू वर्षमा वैदेशिक अनुदानबाट ५५ अर्ब ४५ करोड रुपैयाँको प्रतिबद्धता आएको थियो । जबकी, ६ महिनाको अवधिमा जम्मा ८ अर्ब १२ करोड प्राप्त भएको छ । यो अनुदानको प्रतिबद्धताको तुलनामा १४.६४ प्रतिशत हो ।
यस्तै, वैदेशिक ऋणतर्फ २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ अपेक्षा गरिएको थियो । समिक्षा अवधिमा जम्मा २६ अर्ब ४६ करोड रुपैयाँ ऋण पाइएको छ । यो अनुमानको तुलनामा १०.९२ प्रतिशत प्राप्त भएको छ ।