माओवादी केन्द्रको नाम र चुनाव चिन्ह फेर्ने प्रस्ताव स्थायी कमिटीले पास गर्यो
नेकपा (माओवादी केन्द्र) ले पार्टीको नाम र चुनाव चिन्ह फर्न प्रस्ताब गरेको छ ।
माओवादी केन्द्रको माघ १२ देखि २१ गतेसम्म चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको नाम र चुनाव चिन्ह फेर्न प्रस्ताव गरेका थिए।
माओवादी केन्द्रका कार्याल सचिव डोरप्रसाद उपाध्यायले प्रचण्डको प्रस्ताव स्थायी कमिटीले पारित गरेको र त्यसलाई केन्द्रीय कमिटीमा लैजाने बताए।
'संरचनागत विधि र पद्धति नाम र चिन्ह लगायतका विषयलाई आमूल परिवर्तन गर्दै आजको जन मनोविज्ञान, भू-राजनीतिक व्यवस्था एवं प्रतिस्पर्धालाई समेत ध्यानमा राखी सुदृढ र व्यवस्थित कम्युनिष्ट पार्टी निर्माणमा लाग्नुपर्छ,' प्रचण्डले आफ्नो प्रतिवेदनमा भनेका छन्।

दुई महिने संगठन निर्माण अभियानका क्रममा समेत यो विषयमा छलफल चलाइने उनले बताए।
'पार्टीको नाम र चुनाव चिन्ह फेर्ने विषय धेरै पहिलादेखि बहसमा आएको हो। यसपटक तल्ला कमिटीसम्म बहस हुन्छ,' उनले भने,'दुई महिनापछि बस्ने केन्द्रीय कमिटीको बैठकमा यसबारे थप छलफल हुन्छ। त्यही बैठकले जरूरी ठानेमा निर्णय गर्नसक्छ।'