आयोगले राष्ट्रपति निर्वाचनका लागि सार्वजनिक गर्यो ८८१ जनाको मतदाता सूची
बुधबार निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति चुनावका लागि बनाइएको निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको मतदाता नामावली सूची सार्वजनिक गरेको छ । यही फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनको लागि आयोगले मतदाताको सूची प्रकाशन गरेको हो ।
संघीय सांसद र प्रदेश सांसद मतदाता रहने निर्वाचनका लागि सार्वजनिक गरिएको सुचीमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जना सदस्यको नाम रहेको छ । सो मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधबार बिहान ११ बजेदेखि बिहिबार मध्यान्न १२ बजेसम्मको समय तोकिएको छ ।