सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको सफ्टवेयरमा समस्या
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) को अध्यागमन विभागको प्रशासनिक सफ्टवेयर, सर्भर डाउन हुन पुगेको छ ।
सोमबार दिउँसो करिब १ बजेदेखि विमानस्थलको अध्यागमन विभागमा सफ्टवेयरमा समस्या आउँदा अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुन पुगेको टीआईएका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
‘केही समयदेखि अध्यागमनको सफ्टवेयरमा समस्या देखिएको छ । समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् । तथापि, अबको केही छिन्मा नै समस्या समाधान हुनेमा आशावादी छौं’ सिटौलाले भने ।