५ बजे टुंगो लाग्छ राष्ट्रपतिको उम्मेदवार: महामन्त्री गगन थापा
कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने थापाले बताए ।