लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने सांसद गंगाराम चौधरीको चेतावनी
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले प्रतिनिधिसभाको बैठकमा बोल्दै लाल अयोगको प्रतिवेदन सार्वजनिक नगरे सदन अवरुद्ध गर्ने चेतावनी दिएका छन् ।
उनले लाल अयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न माग गरे । अन्यथा सदन चल्न नदिने र सडकमा पनि आन्दोलन गर्न बाध्य हुने चौधरीको चेतावनी छ । ‘लाल अयोग जबसम्म सार्वजनिक हुँदैन । तबसम्म सदन चल्न सक्दैन्’ उनले भने ।
टीकापुर घटनाबारे ०७३ असोज ६ गते सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित उक्त आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन ।