सत्ताबाट बाहिरिए पछि संगठन विस्तारमा केन्द्रित हुँदै रास्वपा
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सत्ताबाट बाहिरिए पछि संगठन विस्तारमा केन्द्रित हुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछानेले ३२ दिन उपप्रधान तथा गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनले राजीनामा दिएपछि रास्वपाका अन्य तीन मन्त्रीले पनि १९ दिनमा राजीनामा दिएका हुन् ।
सत्ता बाहिर बसेर संगठन निर्माणमा केन्द्रित हुने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । ‘सरकारलाई समर्थन कायम गर्दै मन्त्री ज्यूले राजीनामा दिनु भएको छ । अब पार्टीको संगठन विस्तारमा लाग्ने छौं,’ कार्कीले भने, ‘अब पार्टी बलियो बनाएर जानुको विकल्प छैन । पार्टी बलियो भए यस्ता सरकार धेरै बनाउन सकिन्छ भन्ने छ ।’
संगठन विस्तार, भेला, छलफल बैठकहरु सातै प्रदेश र ७७ जिल्लामा चलाइने रास्वपाले जनाएको छ ।