स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिए
स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. सेनेन्द्रराज उप्रेतीले पदबाट राजीनामा दिएका छन् ।
सरकारले २०७७ साउन २० गते स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । उनले मंगलबार स्वास्थ्य मन्त्रालयमा पुगेर स्वास्थ्यमन्त्री पदम गिरी समक्ष राजीनामा बुझाएका हुन् । डा. उप्रेतीले राजीनामा बुझाएको स्वीकार गरे । राजीनामाका विषयमा उनीसँग जिज्ञासा राख्दा उनले परिस्थितिको उपज भएको प्रतिक्रिया दिए ।