मधेस प्रदेशको मुख्यमन्त्रीमा ७१ सांसदको समर्थनसहित जसपाका यादवद्वारा दाबी पेश
मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपा संसदीय दलका नेता सरोज कुमार यादवले आफ्नो दाबी पेश गरेका छन् ।
बुधबार प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष यादवले ७१ सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । उनलाई कांग्रेस र लोसपाबाहेकका दलको समर्थन रहेको छ ।
मधेस प्रदेशमा मंगलबार नै दाबी पेश गर्ने तयारी गरिएपनि गठबन्धन दलमा आन्तरिक तयारी नपुगेको भन्दै बुधबारका लागि सारिएको थियो ।