तामाकोशीको बिजुली भारतले नकिनेपछि अन्तर्राष्ट्रिय मञ्चबाटै प्राधिकरणको असन्तुष्टि
४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बिजुली निर्यात गर्ने नेपालको प्रस्ताव भारतले अल्झाएर राखेको झण्डै डेढ वर्षभन्दा बढी भयो । यसकै कारण गत वर्षायाममा प्राधिकरणले ठूलो मात्रामा आफ्ना परियोजनाहरुबाट उत्पादन हुने बिजुली खेर फाल्नुपर्यो । १९ जेठयता भारतले दिएको ४०९ मेगावाटको सीमाभित्र रहेर प्राधिकरणले ११ अर्ब १६ करोडको बिजुली निर्यात गरेपनि भारतबाट थप निर्यातको अनुमति नपाएका कारण खेर गएको बिजुलीको परिमाण सार्वजनिक गरेको छैन ।
अहिलेसम्म नेपाल विद्युत प्राधिकरणले भारतबाट छिट्टै अनुमति पाउने आशा मात्रै व्यक्त गर्दै आएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले भने अन्तर्राष्ट्रिय मञ्चबाटै चिनियाँ निर्माण कम्पनीले निर्माणको काम गरेको देखाएर तामाकोशीको बिजुली नकिन्ने भारतीय पक्षको निर्णयमाथि घुमाउरो रुपमा असन्तुष्टि व्यक्त गरेका छन् ।
गत हप्ता विश्व बैंकले काठमाडौंमा गरेको एक दक्षिण एसियालीस्तरको कार्यक्रममा घिसिङले आयोजनामा चिनियाँ ठेकेदारको प्रयोगप्रति भारतले गरेको विरोधले प्रक्रियामा ढिलाइ भइरहेको खुलासा गरे । घिसिङले नेपालको सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट विद्युत खरिद नगर्ने अडानमा पुनर्विचार गर्न नयाँ दिल्लीलाई सोही मञ्चबाटै आग्रह गरेका छन् ।
‘हामीले हाम्रा पावर प्रोजेक्टहरूमा चिनियाँ लगानी वा स्वामित्वको बारेमा भारतको चासोलाई ध्यान दिएका छौं, तर ग्लोबल बिडिङद्वारा गरिएका परियोजनाहरूमा हामी कसरी ठेकेदारहरूलाई नियन्त्रण गर्न सक्छौं ?,’ घिसिङले प्रश्न गरेका छन्, ‘जलविद्युत सिभिल निर्माणमा प्रतिस्पर्धा गर्न सक्ने धेरै कम भारतीय वा युरोपेली ठेकेदारहरू छन्, आयोजना बनाउने काममा संलग्न एउटा ठेकेदार देखाएर क्षेत्रीय व्यापार रोक्नु हुँदैन ।’