टिकट बुबाको, विजयी छोराको
मुस्ताङमा यसपालि पनि प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार हुन नेपाली कांग्रेसले पूर्वमन्त्रीसमेत रहेका जिल्ला सभापति रौमी गौचन थकालीलाई टिकट दिएको थियो।
रोमीले आफूले पाएको टिकट आफ्ना छोरालाई दिइदिए।
उनका छोरा २९ वर्षका योगेश गौचन थकाली कांग्रेसबाट उम्मेदवार भए। नेविसंघबाट राजनीति गरेका योगेश पछिल्लो समय पार्टी राजनीतिमा सक्रिय थिए।
रोमीले जनताले युवा पुस्तालाई राजनीतिमा देख्न चाहेको भन्दै आफूले पाएको टिकट छोरालाई सुम्पेको बताएका थिए।
सोमबार सकिएको मतगणनामा योगेशले मुस्ताङबाट प्रतिनिधि सभा सदस्य निर्वाचन जितेका हुन्।
यहाँ सात हजार दुई सय ३० मत खसेको थियो। योगेशले ३९९६ मत पाएका छन्।