एमालेले हार्यो शंकर पोखरेलको जिल्लामा सबै सिट
एमालेको महासचिव बनेपछि शंकर पोखरेलका लागि यो आम चुनाव प्रतिष्ठाको विषय थियो । तर गृहजिल्ला दाङका संघ प्रदेश गरी सबै निर्वाचन क्षेत्रमा एमाले हार्न पुगेको छ । दाङमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रमा एमालेलाई हराउँदै गठबन्धनले जित निकालेको हो ।
प्रभावशाली नेता र भविष्यको प्रधानमन्त्रीका सम्भावित आकांक्षीमध्ये एक ठानिएका स्वयं महासचिव पोखरेल पनि दाङ-२ बाट गठबन्धनकी उम्मेदवार रेखा शर्मासँग झिनो मतअन्तरले पराजय भए ।
ओवादी केन्द्रकी रेखा शर्मासँग १९६ मतले पराजित हुँदा शंकरले २६ हजार ६८१ मत ल्याए । रेखाले भने २६ हजार ८७७ मत ल्याइन् ।
महासचिव पोखरेलको यो हारले राष्ट्रिय राजनीति तरंगित भएको छ । महासचिवको हारसँगै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको एमालेभित्र पनि सन्नाटा छाएको छ ।