कांग्रेसका महेन्द्र यादव अघि धनुषा–४
धनुषा क्षेत्र नम्बर ४ मा मतगणना जारी छ।
अहिलेसम्म गरिएको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादव अघि छन्।
यहाँ नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठ पछि परेका छन्।
महेन्द्रले ३१ हजार तीन सय १६ मत ल्याइसकेका छन् भने रघुवीर ३१ हजार २१ मतसहित उनलाई पछ्याइरहेका छन्।