रास्वपाले तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य मनोनीत गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन पदाधिकारीसहित ४२ जना केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत गर्ने भएको छ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न पदाधिकारी तथा सचिवालय सदस्य मनोनीत गरेको हो। बैठकले सचिवालयमा ११ जना मनोनीत गरेको नेता मनिष झाले जानकारी दिए।
उनका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित ४२ जना केन्द्रीय सदस्यको मनोनयन भने अर्को केन्द्रीय समिति बैठकबाट गरिनेछ। पार्टीको संगठनात्मक संरचना विस्तार तथा जिम्मेवारी बाँडफाँटलाई अघि बढाउने क्रममा थप मनोनयन गर्न लागिएको रास्वपाले जनाएको छ।