एमालेमा पूर्वआइजीपी खनाल प्रवेश
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल एमालेमा प्रवेश गरेका छन्।
नेपाल प्रहरीको ३० वर्षे सेवाबाट अवकाश पाएका खनाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमबीच एमाले प्रवेश गराएका हुन्।
कार्यक्रममा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाललगायतका नेताहरूको उपस्थिति थियो।
यसअघि खनालले ओलीलाई बुधबार बालकोटमा भेटेर कुरा गरेका थिए।
भेटमा खनाललाई अध्यक्ष ओलीले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने समेत बताएका थिए।
बारा, पर्सा र काठमाडौंमध्ये कुनै एक ठाउँबाट खनाललाई उम्मेदवार बनाउनसमेत ओली तयार भएको स्रोतले बताएको छ।
ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी थिए।
खनालसँगै बिहिबार विवेकशील साझा पार्टीका संस्थापक अब्दुस मिया, राष्ट्रिय पुनर्जागरण पार्टीका महासचिव रविकिरण खनाल, जसपाका नेता होरिलाल चौधरीलगायत एमालेमा प्रवेश गरेका छन्।