नागरिकता विधेयक प्रमाणिकरण नगर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्चमा रिट
राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।
संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो।
संघीय संसदको दुवै सदनले दोस्रोपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेर राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सुनिल रञ्जनसिंह लगायतले सर्वोच्चमा रिट हालेका हुन्।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार बिहीबार सुनिल रञ्जनसिंह लगायतको रिट परेको छ। अध्ययनको क्रममा भएकाले दर्ताको प्रक्रियामा छ।
प्रवक्ता पौडेलले यो बाहेक अरू पनि रिट परेको जानकारी दिए।