नेपाल चेन्ज मेकर लिगको प्राथमिक निर्वाचनको बारेमा अन्तरक्रिया
काठमाडौँ, २०७९ असार २८
नेपाल चेन्ज मेकर लिगले भूगोलपार्कले आयोजना गरेको संघीय निर्वाचनमा उम्मेदवार घोषणा गरेकाहरू र देशका प्रतिष्ठित विज्ञ व्याक्तित्वहरूको विच चुनावी रणनीति, उम्मेदवार छनौट प्रक्रिया र प्राथमिक निर्वाचन (Primary Election) को बारेमा सोमबार असार २७ हार्दिक होटेल बागबजार काठमाडौँमा अन्तरक्रिया गर्यो|
कार्यक्रममा सुरुमा लिग र अन्तरक्रियाको उद्देश्य संयोजक सिमोन ढुंगाना गर्नु भयो र डा. सुदीप श्रेष्ठले प्राथमिक निर्वाचनको अवधाराणा प्रस्तुत गर्नु भयो। कार्यक्रमको प्रतिक्रिया थप उम्मेदवार र ओपन फ्लोर गोविन्द नारायणले संचालन गर्नु भयो | कार्यक्रमको अन्त्यमा ओम प्रकाश अर्यालले प्राथमिक निर्वाचन को फाईदा वेफाईदा दुवै रहेको र सबैको मिलिमतोमा वोर्किंग मोडालिटी बनाउनु पर्नेमा जोड दिनु भयो। उहाँले सत्यता र तथ्यलाई नबिर्सेर काम गर्ने भए आफू उम्मेवारहरुलाई सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्नु भयो|
यस कार्यक्रममा राजनितिक दलका नेताहरु डा. मुकुल ढकाल- (प्रबक्ता, राष्ट्रिय स्वन्तन्त्र पार्टी ), रमेश खरेल (सभापति, नेपाल सुशासन पार्टी) मिलन पाण्डे (अध्यक्ष, विवेकशील साझा पार्टी), अजिता राई, (उपाध्यक्ष्य, नेपाल बिबेकशील पार्टी), पुकार बम (काठमाडौँ उम्मेदवार), ज्ञान बस्नेत (काठमाडौँ उम्मेदवार), डा प्रणय राणा (नेपाली कांग्रेस काठमाडौँ उम्मेदवार), शरिन तामाङ (धरान उम्मेदवार), अब्दुस मिया, अरनिको पाण्डे, डा. ज्ञान बस्नेत (काठमाडौँ उम्मेदवार), , शंकर ढकाल (डडेल्धुरा उम्मेदवार), सन्तोष प्रधान चौधरी (काठमाडौँ उम्मेदवार), र अन्य राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै बिनोद सिजापति (विज्ञ), ओम प्रकाश अर्याल (विज्ञ), डा. रमेश ढुङ्गेल (विज्ञ) र शरु जोशी (विज्ञ) का उपस्थिति रहेको थियो ।
यस कार्यक्रममा उपस्थित व्यक्तिहरुहले प्राथमिक निर्वाचन (Primary Election) को वारेमा आ-आफ्नो धारणा राख्नु भएको थियो।
लिगका संयोजक सिमोन ढुंगानाले लिगले स्वतन्त्र उम्मेदवार र पार्टी हरुले प्राथमिक निर्वाचन गरेर अन्तरिक लोकतन्त्रको अभ्यास गरि ओबामा ले जस्तै नया र राम्रा व्यक्ति हरुले नेत्रित्यो लिन पाउनु पर्ने नेपालको आवस्यकता भएको भन्नु भयो | शरु जोशीले विविधता र समावेशीतामा जोड दिदै महिलाको सहभागिता राजनितिमा परिवार र समाजको कारणले कम हुने र अबको उमेद्वारमा महिलाहरुको सहभागिता बढाउने एजेन्डा वोके आफु सहयोग गर्न तयार रहेको कुरा व्यक्त गर्नु भयो। त्यस्तै डा. मुकुल ढकाल- (प्रबक्ता, राष्ट्रिय स्वन्तन्त्र पार्टी )ले आफ्नो पार्टी प्राथमिक निर्वाचन (Primary Election) को प्रयोग पार्टीको आन्तरीक अभ्यासमा गर्ने कुरा व्यक्त गर्नु भयो।
बोल्ने क्रममा डा. रमेश ढुङ्गेल (विज्ञ)ले भनुभयो “नेपालका पार्टीहरुले अब सोच्ने वेलाआएको छ किनभने राजनितिक प्रनालिहरुले काम गर्न छोडेको छ ।” त्यस्तै रमेश खरेल (सभापति, नेपाल सुशासन पार्टी)ले सवै जना एकै ठाउँमा आएर मात्र प्राथमिक निर्वाचन (Primary Election) को कुरा गर्नु पर्ने धारणा व्यक्त गर्नु भयो।
आफ्नो धारणा राख्ने क्रममा मिलन पाण्डे (संयोजक , विवेकशील साझा पार्टी)ले प्राथमिक निर्वाचन (Primary Election) अवधाराणा आफ्नो पार्टीले प्रयोग गरेको कुरा व्यक्त गर्नु भयो । उहाँले सवै जना एकै ठाउँमा आउनु पर्ने धारण समेत राख्नु भयो। उहाँले कार्यक्रममा आउनु भएका राजनितिक दलहरुलाई एउटै चुनाव चिन्नवाट चुनाव लडने वातावरण वनाउन अनुरोध गर्नु भयो। उहाँले यसको लागि कानुनले पनि दिने कुरा व्यक्त गर्नु भयो ।
पुकार बम (काठमाडौ उम्मेदवार)ले प्राथमिक निर्वाचन (Primary Election) विकशित देशहरुमा राम्रो भए पनि नेपालमा प्रभावकारी नहुन सक्ने कुरा राख्नु भयो। उहाँले चुनाव आगाडी सवै जना एक ठाउँमा आउने कोसिस् गर्नु पर्ने तर सम्भव नभए चुनावी तालमेल गरेर भएपनि जानु गर्ने कुरा व्यक्त गर्नु भयो।
यस् कार्यक्रमको आयोजना Bhugolpark.com ले गरेको थियो। Bhugolpark नेपाल कै पहिलो र एकमात्र टेक्नोलोजीबाट संचालित पोलिगं र सर्भे गर्ने प्लाटफर्म हो । यस प्लाटफर्म मार्फत जुनसुकै विषयमा सर्भे गरी आवस्यक तथ्यांकहरु सहज रुपमा अनलाइन कै माध्यमबाट प्राप्त गर्न सकिन्छ l
कार्यक्रमको केहि फोटोहरु