पोखरा महानगरले तोकेको फेवातालको मापदण्ड कार्यान्वयन गर्न सर्वोच्चको रोक
सर्वोच्च अदालतले फेवालगायत पोखराका ९ तालको घटाइएको मापदण्ड कार्यान्वयन नगर्न पोखरा महानगरपालिकालाई आदेश दिएको छ । गत १६ चैतमा बसेको महानगरपालिकाको ५५औं कार्यपालिका बैठकले तालहरुको मापदण्ड घटाउने निर्णय गरेको थियो ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मुद्धाको फैसला नभएसम्म तालको घटाइएको मापदण्ड लागु नगर्न सोमबार अन्तरिम आदेश जारी गरेको हो ।
अधिवक्ता खगेन्द्र सुवेदीले तालहरुको मापदण्ड घटाउने अधिकार महानगरसंग नभएको र त्यो निर्णय सर्वोच्च अदालतको अघिल्लो फैसलाको विरुद्धमा भएको भन्दै रिट दायर गरेका थिए ।
पोखरा महानगरपालिकाको कार्यपालिका बैठकले बेगनास र रुपाको ताल क्षेत्र ५५ मिटर, लेखनाथ क्षेत्रको दिपाङ, खास्टे, गुदे, न्यूरिनी, मैदी तालको क्षेत्र २० मिटर मापदण्ड कायम गर्ने निर्णय गरेको थियो