जनकपुरधामद्वारा जिम्मा वडा वडालाई सरसफाइको
मधेस प्रदेशको राजधानी रहेको जनकपुर उपमहानगरपालिले नगर क्षेत्र सरसफाइको जिम्मा वडा–वडालाई हस्तान्तरण गर्ने तयारी गरेको छ ।
विगतमा उपमहानगरपालिका कार्यालयबाट मात्र केन्द्रितरूपमा नगरको सरसफाइ हुँदै आएकामा अब नगरको मुख्य सडक उपमहानगरपालिका कार्यालयबाट र सहायक गल्लीहरू सम्बन्धित वडा कार्यालयबाट सरसफाइ गर्ने गरी वडा–वडालाई जिम्मेवारी हस्तान्तरण गर्न लागिएको हो ।
उपमहानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मनोजकुमार साहले पदभार ग्रहण गरेकै दिन सरसफाइको जिम्मा वडा–वडामा विकेन्द्रिकृत गर्ने निर्णय गर्नुभएको छ ।
त्यही निर्णयलाई कार्यान्वयन गर्न उपमहानगरपालिकाले २५ वटै वडालाई सरसफाइका लागि आवश्यक बजेट, जनशक्ति र सवारीसाधन हस्तान्तरण गर्ने तयारी छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायका अनुसार चार टिपरलाई नगर क्षेत्रको फोहर व्यवस्थापनका लागि प्रयोग गरिएको छ ।