आजदेखि भारत निर्यात कालीगण्डकीको बिजुली
कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित विद्युत शनिबारदेखि भारत निर्यात सुरु हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी विद्युतगृहबाट उत्पादित विद्युत शनिबार राति १२ बजेदेखि निर्यात सुरु गर्न लागेको हो ।
प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारदेखि त्रिशुली र देवीघाट जलविद्युगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले निर्यात गर्ने विजुली दैनिक १७७.७ मेगावाट पुग्नेछ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात हुने छ ।