वर्षमान पुनको हिसाब- ६० प्रतिशत पालिकामा तालमेल गठबन्धनबीच
नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल भएको दाबी गरेका छन् ।
लिवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता पुनले गठबन्धन सफल भएको दाबी गर्दै धेरै सथानीय तहमा तालमेल भएको बताएका हुन् ।
‘६ महानगरमा गठबन्धन सफल भयो, ११ उपमहानगरमा गठबन्धन गरियो’ पुनले भने, ‘र, झण्डै ६० प्रतिशत स्थानीय पालिकामा पाँच दलीय गठबन्धन भएको छ। कतिपय ठाउँमा पाँच दल भित्रकै चार दल, तीन दल या दुई दलबीच पनि गठबन्धन भएको छ। कतिपय ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ ।