कमल थापा असन्तुष्ट केपी ओलीसँग
राप्रपा नेपालका अध्यक्ष कमल थापाले एमाले र सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीप्रति असन्तुष्टि पोखेका छन् । स्थानीय तह निर्वाचनमा राप्रपा नेपालसँग भएको सहमति एमालेले पालना नगरेको थापाको ठहर छ ।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा थापाले पेश गरेको राजनीतिक प्रतिवेदनमा एमालेको उदासीनताको कारण स्थानीयस्तरमा सहकार्य अपेक्षाकृत परिणाममुखी हुन नसकेको बताएका हुन् ।