‘टाउन स्क्वायर’ बनाउने गठबन्धनको प्रतिवद्धता इटहरीमा विरोध प्रदर्शन गर्न
नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष शेखर गाेल्छाले उद्याेगहरूमा भइरहेकाे अघाेषित लाेडसेडिङ मान्य नहुने बताएका छन् ।साेमबार महासंघले आयाेजना गरेकाे पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बाेल्दै गाेल्छाले नेपाल विदुयुत् प्राधिकरणले अघाेषित लाेडसेडिङ गरेकाे भन्दै स्वीकार्य नहुने बताएका हुन् ।
‘अघाेषित लाेडसेडिङ उद्याेगहरूलाई स्विकार्य छैन् । काेराेना महामारीले सिथिल बनेकाे अर्थतन्त्र केही लयमा फर्किन थालेकाे अवस्था थियाे,’ उनले भने, ‘तर पछिल्लो समय यस्ताे लाेडसेडिङले अर्थतन्त्र संकुचन तर्फ धकेलेकाे छ भने व्यवसायीहरूलाई थप समस्या निम्त्याएको छ । उद्याेगीलाई अध्याराेमा राखेर देश उज्यालाे बन्दैन् ।’निजी क्षेत्रकाे याेगदान कुल अर्थतन्त्रको ७५ प्रतिशत रहेकाे भन्दै सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्ने उनले बताए ।