सागर थापा : स्ववियू चुनावमा ह्याट्रिक, परीक्षामा जनप्रतिनिधि बन्ने रहर
२०५५ सालमा विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्ववियूमा नेविसंघको ‘क्लिन स्वीप’ रोक्ने एक्लो उम्मेदवार थिए, सागर थापा ।
त्यसअघि स्ववियू सभापति निर्वाचित अनेरास्ववियुका ऋषिकेश पोखरेल दोस्रो कार्यकालका लागि उम्मेदवार बन्दा उनको टिमबाट सागर थापा बाहेक अरू सबै पराजित भएका थिए
नेविसंघका उपेन्द्र गच्छदार सभापतिमा निर्वाचित भएको त्यो चुनावमा सहसचिवमा जितेका थापाले स्ववियुमा अखिलको बीउ जोगाएका थिए । अखिलको प्रभाव रहेको महेन्द्र मोरङमा पोखरेलसहित टिम पराजित हुनुको मुख्य कारण माउ पार्टी नेकपा (एमाले) को विभाजन थियो ।