फरक एजेन्डा बोकेको फरक पार्टी चुनावी मैदानमा, चुनाव चिह्न ‘लव’
देशको राजनीतिमा विभिन्न दल विभिन्न एजेण्डा बोकेर क्रियाशील छन् । कोही गणतन्त्र पक्षधर छन् भने कोही राजसंस्थासहित हिन्दु राष्ट्रको एजेण्डा बोकेर राजनीतिमा सक्रिय छन् । यस्तैमा आमूल परिवर्तन (एपी) मसिह पार्टी नेपाल पनि पृथक एजेण्डासहित स्थानीय तहको चुनावमा होमिएको छ ।
२०७३ सालमा निर्वाचन आयोगमा दर्ता भएको यो पार्टीमा १०७ सदस्यीय केन्द्रीय समिति छ भने ३३ जनाको सचिवालय छ । यो दलले देशभर रहेका करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी, ४० लाख दलित समुदाय र ५० प्रतिशत जनजाति समुदायलाई आफ्नो मुख्य आधार मानेको अध्यक्ष गिरी