रोल्पाको माडी गाउँपालिकामा एमाले-कांग्रेसबीच गठबन्धन
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।
चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गर
गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए
गठबन्धन गरेका दुई दलले वडामासमेत तालमेल गरेका छन् ।
६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं. २,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं. १,४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।
जिल्लाका अन्य स्थानीय तहमा पनि यी दुई दलबीच गठबन्धनको प्रयास भइरहेको बताइएको छ ।