को–को भए उम्मेदवार ?
देशका ६ महानगरमा सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जसअनुसार विराटनगर महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा जसपा नेपालका अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन् । विराटनगर नगरपालिकामा एमालेबाट मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निरौला कार्कीले उम्मेदवारी दिएका छन् ।
काठमाडौं महानगरपालिकामा सत्तारुढ गठबन्धनका तर्फबाट मेयरमा नेपाली काँग्रेसकी सिर्जना सिंह र उपमेयरमा नेकपा एकीकृत समाजवादीका रावेश्वर श्रेष्ठले उम्मेदवारी दिएका छन् । एमालेबाट काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएका छन् ।
पोखरा महानगरपालिकामा सत्तारुढ गठबन्धनबाट मेयरमा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा नेपाली काँग्रेसबाट कोपिला रानाभाटले उम्मेदवारी दिएका छन् । पोखरामा नेकपा एमालेबाट मेयरमा कृष्ण थापा र उपमेयरमा मञ्जु गुरुङले उम्मेदवारी दिएका छन् ।