विप्लवका उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन विपक्षी समूहको अपिल
नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय चुनावका लागि आफ्नो प्रभाव भएको क्षेत्रहरूमा उम्मेदवारी दिएको छ ।
पार्टी निर्वाचन आयोगमा दर्ता नभएका कारण उक्त पार्टीको तर्फबाट नेता-कार्यकर्ताले स्वतन्त्र हैसियतमा उम्मेदवारी दर्ता गराएका छन् ।
रोल्पाका १० पालिकामध्ये ९ पालिकामा सबै पदाधिकारी, वडाध्यक्ष र सदस्यमा विप्लव समूहका नेताहरूले उम्मेदवारी दिएका छन् ।
लिवाङ नगरपालिकामा भने वडा नम्बर १० को वडाध्यक्षमा मात्रै उम्मेदवारी दिएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिकामा उम्मेदवारी चुडामणि वली नेकपाका केन्द्रीय सदस्य नै हुन । अन्य पालिकामा पनि उम्मेदवारी दिएकाहरू पनि पार्टीको विभिन्न जिम्मेवारीमा रहेका छन् ।
अरु जिल्लामा पनि नेकपाको कतै कुनै पार्टीसँग तालमेल गरेर त कतै एक्लै उम्मेदवारी दिएका छन् । तर, चुनावको पक्षमा नरहेको नेकपाकै अर्को समूहले भने उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ ।
नेता धर्मेन्द्रल बास्तोला ‘कञ्चन’ले एक विज्ञप्ति जारी गर्दै एमसीसी विरोधीलाई सर्मथन गर्ने, पार्टीका सदस्यहरू स्वतन्त्ररुपमा उठ्न सक्ने पार्टीको नीति भएको भन्दै नेतृत्व तहमै भएकाले उम्मेदवारी दिनु गतल भएकोले फिर्ता लिन भनेका छ ।
‘…उम्मेदवारमा नउठ्ने मान्यताविपरीत कतिपय कमरेडहरूले विभिन्न पदहरूमा मनोनयन दर्ता गरेका समाचारहरू सार्वजनिक भएकाले पार्टीको नीति अनुसरण गर्ने कमरेडहरूलाई नीतिविपरीत देखिने उम्मेदवारीको मनोनयन फिर्ता लिनका लागि पार्टीको सचिवालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
गत चैतमा कपिलवस्तुमा भएको नेकपाको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय तहको चुनावको उपयोग गर्ने राजनीतिक प्रस्ताव पारित भएको पेस गरेका थिए ।